पूर्वप्रधानमन्त्री खनाल थेरवाद बुद्धिज्ममा मास्टर्स गर्दै

७५ वर्षीय पूर्वप्रधानमन्त्री झलनाथ खनाल करिब डेढ वर्षदेखि थेरवाद बौद्ध दर्शनमा मास्टर्स गरिरहेका छन् । उनी काठमाडौँको तिनकुनेस्थित थेरवाद बुद्धिष्ट एकेडेमीमा भर्ना भएका हुन् । हालैको दिनमा उनले थेरवाद बुद्धिज्म इन लिच्छवी नेपाल शीर्षकमा पेपर प्रस्तुति पनि दिएका छन् । कक्षामा पढाइ चलिरहँदा पनि कहिलेकाहीँ प्राध्यापकहरु उनलाई ‘माननीयज्यू, सम्माननीयज्यू’ लगायतका शब्द प्रयोग गरेर सम्बोधन गर्छन् । यस्तो सुन्दा सुरुसुरुमा कक्षामा अध्ययन गर्ने अरु विद्यार्थी अनौठो मान्थे । एकेडेमीका प्रिन्सिपल डा. महेन्द्ररत्न शाक्यका अनुसार पूर्वप्रधानमन्त्री खनालले सबै परीक्षामा राम्रो अंक ल्याइरहेका छन् । पूर्वप्रधानमन्त्री खनालको भर्खरै चौथो सेमिस्टर पनि सुरु भइसकेको…

Read More