भक्तपुरमा बौद्धमार्गीको सम्यक महादान

भक्तपुरका बौद्धमार्गी नेवार समुदायले आज माघे सङ्क्रान्तिका अवसरमा सम्यक महादान पर्व मनाउँदैछन् । सो समुदायमा हाम्ह सँलु अर्थात् तिल सङ्क्रान्तिका रूपमा परिचित माघे सङ्क्रान्तिमा हरेक वर्ष मनाइने सम्यकदान पर्व बौद्ध धर्मावलम्बीहरूले ऐतिहासिक एवं सांस्कृतिक रूपले हर्षोल्लासका साथ मनाइने एक मौलिक पर्व हो । दायाँ हातले अभय वरदान दिने र बायाँ हातले चीबर समातिरहेको मुद्रामा बसेका विभिन्न स्वरुपका पाँच दीपङ्कर बुद्ध, विभिन्न विहारका गुरु र पुरोहितलाई आ–आफ्नो मनोकाङ्क्षा पूरा हुने अपेक्षासहित सर्वसाधारणले गरिने दान नै सम्यक महादान पर्व हो । सम्यक महादानका लागि भक्तपुरको प्रशन्नशील महाविहार क्वाठण्डौ, चतब्र्रम्ह महाविहार साकोथा, मङ्गल…

Read More