बुद्धको जन्मस्थल लुम्बिनीदेखि बुद्धको दरबार रहेको तिलौराकोटसम्मको सडकलाई बोधिवृक्ष करिडोर बनाउने पहल थालिएको छ । बुद्धले ज्ञान प्राप्त गरेको बोधगयासम्म बोधिवृक्ष करिडोर बनाउने लक्ष्यसहित पहिलो चरणमा तिलौराकोट–लुम्बिनी सडकको दुबैतर्फ बर–पिपल लगायतका एक हजार बिरुवा रोप्न थालिएको हो । ३२ कलोमिटर दूरीको यो सडक खण्डमा भारत र नेपालका वृक्षारोपण अभियान्ताहरु दुई दिनसम्म पैदल यात्रा गर्दै करिब एक हजार थान बिरुवा रोप्ने छन् । पिपल, निम, तुलसी अभियान पटना भारत र जनकपुरधाम वन प्राविधिक समाजको आयोजना र तिलौराकोट साझेदारी वन उपभोक्ता समूहको सहआयोजनामा वृक्षारोपण हुन लागेको हो । पीपल, निम, तुलसी अभियान…
Read More