काठमाडौं उपत्यकाका वौद्ध नेवार समुदायले आज शनिवार पञ्चदान पर्व मनाउँदै छन् । प्रत्येक वर्षको भाद्र कष्ण त्रयोदशी तिथिमा बौद्ध नेवार समुदायले पञ्चदान पर्व मनाउने गरेका छन् । यस दिन उपत्यकामा आँगन, वहाः, वहीमा दिपंकर बुद्ध, करुणामय आदिको मूर्ति सजाएर चुडाकर्म गरेका शाक्य, बज्राचार्य र बुद्धाचार्यलाई चामल, धान, गहुँ, नुन, सानो केराउ, कालो भटमास, कुचो, तेल, खीर, दूध, दक्षिणा आदि दान गर्ने गरिन्छ । काठमाडौंको स्वयम्भू महाचैत्यमा यसदिन दान दिने र लिनेको ठूलो भीड लाग्ने गर्दछ । पञ्चदान लिने र दिने दुबैलाई पुण्य र भविष्यमा निर्वाण प्राप्त हुने विश्वास गरिन्छ ।…
Read More