बुद्धको मावली गाउँमा भेटिएको प्राचीन इनार

स्थानीयहरुले बुद्ध मावली कोलिय गणराज्यको दरबार क्षेत्र दाबी गर्दै आएको रुपन्देहीको देवदहस्थित खयरडाँडाँमा प्राचिन साढे तीन फिट गहिरो ईट्टाको इनार भेटिएको छ । देवदह नगरपालिकाको आर्थिक सहयोगमा लुम्बिनी विकास कोष, पुरातत्व विभागले यहि जेठ १६ गतेदेखि शुरु गरेको उत्खननका क्रममा पूर्ण आकारमा रहेको प्राचिन ईट्टाको इनार भेटिएको हो । गत वर्ष लुम्बिनी विकास कोषले उत्खनन गर्दा रुपन्देहीको देवदहस्थित खयरडाडाँमा इँट्टाको माथिल्लो भाग मात्रै देखा परेको थियो । यसपटकको उत्खननमा भने २ मिटर चौडाई र साढे ३ मिटर गहिरो इँट्टाको प्राचिन इनार भेटियो । इनारको पूर्ण आकार भेटिएपछि खयरडाँडा प्राचिन एवं…

Read More