लुम्बिनी विकास कोषले २,५६८ औं बुुद्धजयन्ती एवं लुम्बिनी दिवस तीनदिनसम्म विविध कार्यक्रम सहित मनाउने भएको छ । कोषले मंगलबार लुम्बिनीमा पत्रकार सम्मेलन गरी बुधबारदेखि शुक्रबारसम्म लगातार कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने जानकारी गराएको हो । बुद्ध जयन्ती अन्तर्गत जेठ १० गते प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, प्रदेशका मुख्यमन्त्री लगायतको आतिथ्यतामा मूल समारोह गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । ९ गते साँझ भारतीय दुतावाससँगको साझेदारीमा साँस्कृतिक कार्यक्रम, सोही साँझदेखि मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ हुने कोषले जनाएको छ । मूल समारोहका दिन जेठ…
Read More