ललितपुरमा ॐ नमो बुद्ध दोर्जे गुम्बा शिलान्यास गरिएको छ । महाकांल गाउँपालिका वडा नं ३, छेपारी डाँडा, गोटिखेलमा निर्माण गरिने गुम्बा शिलान्यास भएको हो । बौद्ध दर्शन प्रवर्धर्न तथा गुम्बा ब्यवस्थापन समितिका अध्यक्ष खेन्पो थुप्तेन जिकडोल र धर्मगुरु फुपु छेम्पे शेर्पाले संयुक्तरुपमा शिलान्यास गरेकोे गुम्बा यस क्षेत्रका बौद्ध धर्मावलम्बीका लागी महत्वपुर्ण धार्मिकस्थल बन्ने स्थानीयको विश्वास छ ।
Read Moreमहिना: मार्च 2021
बौद्ध विश्वविद्यालयलाई सय बिगाह दिने मन्त्रिपरिषदको निर्णय
बुटवलः बुद्धको मावली देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि सरकारले एक सय बिगा जमिन दिने निर्णय गरेको छ। मन्त्री परिषद्को फागुन ११ गतेको बैठकले देवदह नगरपालिका वडा नम्बर ८ स्थित बुद्धमावली सामुदायिक वन क्षेत्रको जग्गा विश्वविद्यालयलालाई दिने निर्णय गरेको हो। लुम्बिनीमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयलाई शैक्षिक कार्यक्रम विस्तारका लागि जग्गा अपुग रहेको थियो। विश्वविद्यालयले पाँच वर्षदेखि देवदहमा जग्गा प्राप्तीका लागि पहल थालेको थियो। वनको जग्गा प्राप्तिका लागि अन्य स्थानमा जग्गा खरिद गरेर सोधभर्ना गर्नुपर्ने या सो वापतको रकम बुझाउनुपर्ने कानूनी प्रावधान छ। अर्थ मन्त्रालयले विश्वविद्यालयका लागि जमिन दिँदा चाहिने करिव २०…
Read More