गुम्बाविरुद्ध जथाभावी अभिव्यक्ति दिनेहरुलाई कारबाही गर्न नेपाल बौद्ध महासंघको माग, गृहमन्त्रीलाई ज्ञापनपत्र

नेपाल बौद्ध महासंघले शुक्रवार गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष ध्यानार्षणसहित ज्ञापनपत्र बुझाउँदै गुम्बा तथा विहारहरुमाथि हाल फैलाइएका अधारहिन आरोपहरुको सत्यता पुष्टि गर्न गृहमन्त्रालयलाई चुनौति दिएको छ । महासंघका अध्यक्ष नुर्बु थुन्डुप शेर्पा (गेसे थुप्तेन जिन्पा), निवर्तमान अध्यक्ष आचार्य नुर्बु शेर्पा लगायतको टोलीले धार्मिक सद्भाव बिथोल्ने किशिमका दुष्प्रचार रोक्न र यस्ता गतिविधिहरुमा संलग्नप्रति कानूनी कारबाही गर्न समेत गृहमन्त्री अर्याललाई ध्यानाकर्षण गराएको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बौद्ध समुदायप्रति लक्षित गर्दैै केही व्यक्तिहरुले अभिव्यक्ति दिइरहेका छन् । गुम्बाभित्र हातहतियार लगायत राखिने गरेको राप्रपा नेता ज्ञानेन्द्र शाही, युवराज संग्रौला, भरत दाहाल…

Read More