यसकारण बुद्धले दरबार त्यागेका थिए

त्रिपिटकको ’अत्तदण्डसुत्त’बाट सिद्धार्थ गौतमले दरबार छोड्नुको खास कारण प्रस्ट हुन्छ । तत्कालीन समाजमा युद्धहरू भइरहन्थे । मानिसहरू ससानो निहुँमा एकअर्काको ज्यान लिन तम्सिन्थे । बुद्धको हृदय सानैदेखि करुणायुक्त भएको हुँदा उनलाई काटमारमा सहभागी हुन या रमिता हेरेर बस्न मन भएन । उक्त सुत्तमा भनिएको छ- ‘आफन्तहरूबीच एकअर्काका विरुद्ध शस्त्र उठाएको हेर्नु भयावह थियो । जसरी पानी बिना माछा छटपटाउँछन्, उसैगरी हिंसायुक्त समाजमा मानिसहरू तड्पिइरहेका थिए ।’ सुत्तनिपातको ’पब्बज्जा सुत्त’मा बुद्धका शिष्य आनन्दले भनेका छन् ( घरगृहस्थीमा बस्नु संकटपूर्ण र अशान्तिपूर्ण छ । प्रब्रज्यामा खुला आकाशमा जस्तै स्वतन्त्रता हुन्छ । यस्तो…

Read More

बौद्ध धर्ममा पञ्चशील र यसको महत्व

बौद्ध धर्ममा पञ्चशीलको अत्यन्तै ठूलो महत्व रहेको छ । यो बुद्ध धर्मको आधारभूत पाँच शीलहरुको संग्रह हो । अंगुत्तर निकायको अट्ठकादिनिपातमा रहेको दुच्चरितविपाकसुत्तमा पञ्चशीलको वर्णन गरिएको छ । अंगुत्तरनिकायमा दशकनिपातको जाणुस्सोणिवग्गोमा पनि पञ्चशीलको भाव पाइन्छ । सुत्तपिटकको खुद्दकनिकायको खुद्दकपाठमा दशसिक्खापदं भनिएको १० वटा शीलमध्ये पहिलो पाँच पञ्चशीलका शील हुन् । पञ्चशील बुद्ध धर्ममा प्रवेश गर्ने मूलद्वार हो । यस अनुसार बुद्धको मार्गमा हिड्नका लागि प्राणी हिंसा नगर्ने, रक्सी वा मद्यपान नगर्ने, चोरी नगर्ने वा नदिएको नलिने, झुठो कुरा नबोल्ने र आफ्नो पति र पत्नी बाहेक अरुसंग व्यभिचार नगर्ने (भिक्षुहरुले चाहिं…

Read More

कुम्भघोषकको कथा

✍️ संजय शाक्य भगवान् बुद्धको समयमा राजगृह नगरमा र राजगृह श्रेष्ठीको घरमा अहितवातक रोग लाग्यो। यो रोग लाग्दा अन्य प्रणीदिखि लिएर मानिसहरु समेत मर्छन्। घरको भित्ता फोडेर जानेको ज्यान बच्छ। यो रोग राजगृह श्रेष्ठीलाई पनि लाग्यो। उनका छोरा अगाडि बसिरहेका थिए। श्रेष्ठीले छोरालाई भने,” बाबु, यो रोग लाग्दा घरको भित्ता फोडेर जो निस्कन्छ,उसको ज्यान बच्छ। अत: हामीहरुको वास्ता नगरी भित्ता फोडेर निस्की आफ्नो ज्यान बचाऊ। पछि आएर फलाना ठाउँमा गाडिराखेको ४० कोटी धन लिई आफ्नो जीविका गर।” उनी त्यसै गरी पहाडतिर गएर बसे। १२ बर्षपछि उनी राजगृह नगरमा फर्केर आई…

Read More

बुद्धवचनको तेस्रो वार्षिकोत्स मनाइयो, ग्याल्वो ल्होसारमा अष्ट श्राहस्रिका पारमिता सार्वजनिक गरिने

भोट भाषामा रहेको प्रज्ञा पारमितालाई नेपाली भाषामा अनुवाद गरिरहेको बुद्ध वचन अनुवाद समिति स्थापनाको तेस्रो वर्ष पुरा भएको छ । आइतबार बौद्धमा एक कार्यक्रम गरी अनुवाद समितिको तेस्रो वार्षिकोत्सव मनाइएको छ । वार्षिकोत्सव कार्यक्रममा बुद्धवचन अनुवाद समितिमा आवद्ध रिन्पोछे, खेन्पो, लामाहरु सहित उपासक उपासिका सहभागि भएका थिए । वार्षिकोत्सव कार्यक्रममै समितिका संयोजक टीका शेर्पाले प्रज्ञा पारमिता अनुवादको काम करिब ८० प्रतिशत सम्पन्न भएको जानकारी दिए । यही आउँदो ग्याल्वो ल्होसारको अवसर पारेर प्रज्ञा पारमितामध्ये अष्ट श्राहस्रिका प्रज्ञा पारमिता सार्वजनिक गरिने पनि उनले बताए ।

Read More

चित्तानुप्पश्यना भावना गर्ने विधि

यथाभूत खेमिन्द योगीहरूलाई देखेर जानेको मनले “(एहि)आउनु होस्,(पस्सति) भावना गर्नु होस् भनेर भनिरहेको छ। गन्ध जानेको मनले पनि “(एहि)आउनु होस,(पस्सति) भावना गर्नु होस् भनेर भनिरहेको छ । रस पाएको मनले पनि (एहि)आउनु होस्,(पस्सति) भावना गर्नु होस भनेर भनिरहेको छ।(फोट्टब्ब )छुइने, ठोकीने सपर्सले पनि (एहि)आउनुहोस्,(पस्सति) भावना गर्नुहोस् भनेर भनिरहेको छ।धम्म आरमणले भन्ने सोचाइ मनले पनि(एहि)आउनु होस्,(पस्सति) भावना गर्नुहोस् भनेर भनिरहेको छ। देखेको मनलाई तिमीमा के सत्य छ भनी प्रश्न गर्ने भने देखेको मनले उत्तर दिन्छ। ममा दुःख सत्य छ। सुनेको मनलाई तिमीमा के सत्य छ भनि प्रश्न गर्ने भने सुनेको मनले…

Read More

हेलम्बु क्षेत्रमा भूकम्पले क्षति पुर्याएको गुम्बाहरुको अवस्था बुझ्दै छोग्याल रिन्पोछे

भूकम्पले क्षति पुगेका सिन्धुपाल्चोक जिल्लाको हेलम्बु क्षेत्रका गुम्बाहरुको अवलोकनमा नेपाल बौद्ध संघमार्फत् छोग्याल रिन्पोछे सहितको टोली त्यस क्षेत्र पुगेर आएको छ । अनुगमन र निरीक्षणका क्रममा हेलम्बु गाउँपालिकाको वार्ड १ र ५ मा रहेका ५ वटा गुम्बको अनुगमन गरिएको नेपाल बौद्ध संघका कार्यक्रम संयोजक काइला लामाले जानकारी दिए । बाँकी गुम्बाहरुको निरीक्षण चाँडै गरिने लामाले बताए । हेलम्बु क्षेत्रमा रहेका विभिन्न गुम्बाहरुमध्ये ३९ वटा गुम्बाको अवस्था भूकम्पले क्षति पुर्याएपछि अहिलेसम्म उस्तै रहेको पाइएको छ । सरकारी तथा विभिन्न निकायहरुबाट सहयोग पाएका बाहेक यहाँ रहेका गुम्बाहरु अहिले पनि जिर्ण अवस्थामै रहेको…

Read More

नेपाल बौद्ध संघको आयोजनामा सिन्धुपाल्चोकका गुम्बाहरुमा ३ महिने बौद्ध प्रशिक्षण शिविर सुरु

  नेपाल बौद्ध संघको आयोजनामा सिन्धुपाल्चोकका विभिन्न गुम्बामा ३ महिने बौद्ध धर्म प्रशिक्षण सुरु भएको छ । जसमध्ये बारबिसे नगरपालिका वार्ड नं ७ मा रहेको काग्यु दार्शलिंग गुम्बामा यही पुस ५ गतेदेखि ३ महिने शिविर सुरु भएको हो । ७७ जना स्थानीय विद्यार्थी सहभागि उक्त शिविरमा बौद्ध ज्ञान सम्बन्धी विविध ज्ञानहरु प्रदान गरि राखिएको नेपाल बौद्ध संघका कार्यक्रम संयोजक काइला लामाले बताए । बौद्ध ज्ञान दर्शन, बुद्धको जीवनी, गुरु रिन्पोछेको जीवनी तथा मन्त्रको ज्ञान, मेलारेपाको ज्ञान लगायतका विषयको बारेमा शिविरमा सहभागि विद्यार्थीलाई अध्यापन गरिने कार्यक्रम संयोजक काइला लामाले बताए ।…

Read More

अवतारीको पूनर्जन्म व्यवस्थापनको उद्गमस्थल—कुर्बु गुम्बा

कुर्बु गुम्बा ल्हासा शहरबाट पश्चिमतिर ६० किलोमिटर टाढा त्वी लुङ्ग द छिङ्ग जिल्लाको कु रुङ्ग क्षेत्रअन्तर्गत छु बु कौमा पर्दछ । तिब्बती बुद्ध धर्मअन्तर्गत खामागेग्यु सम्प्रदायका संस्थापक डुस्गसुम्मखयेन पाद्बारा सन् ११८९ मा स्थापित उक्त गुम्बा गेग्यु सम्प्रदाय अन्तर्गत है माउ शाखाको मुख्य गुम्बा हो । उक्त गुम्बा तिब्बती बुद्ध धर्ममा अवतारीको पूनर्जन्म व्यवस्थापनको उद्गमस्थल मानिन्छ । दोस्रो पुस्ताका अवतारी खा मा पा तिब्बती बुद्ध धर्मका पहिलो पूनर्जन्म अवतारी हुन् । कुर्बु गुम्बामा प्रशस्तै सम्पदा छन् । अधिकांसको राम्रोसँग संरक्षण गरिएको छ । उदाहरणका लागि, कुर्बु गुम्बाको मुख्य भवन बाहिर लगभग…

Read More