बौद्ध धर्मको इतिहासको एक खम्बाः फा सियान, जसको कारण बुद्धको जन्मस्थल पत्ता लाग्यो

पुग्न त बौद्ध धर्म सन् ६७ मै चीन पुगिसकेको थियो र विस्तारै लोकप्रिय पनि हुन थालेको थियो । तर लामो समयसम्म यो शुद्ध रूपमा रहेन । शुद्ध रहोस् पनि कसरी र, चीनसँग यो धर्मबारे व्याख्या गर्ने आधिकारिक ग्रन्थ नै थिएन । गौतम बुद्धले के भनेका थिए, त्यसैबारे भ्रम थियो । बौद्ध धर्मको व्याख्या गलत ढंगले भइरहेको थियो । यस्तोमा एकजना चिनियाँ भिक्षु फा सियान (कतिपयले फा हियान पनि भन्ने गर्छन्) निस्के, बौद्ध धार्मिक यात्रामा । कालान्तरमा उनको यात्रा नै बन्यो इतिहासको भरपर्दो स्रोत । अहिले पनि नेपालसँगै भारतीय बौद्ध धर्मको अध्ययन गर्न फाले लेखेको किताबमा भर नपरेर…

Read More