न्युयोर्कमा ४ दिने वज्रगुरु मन्त्र जप सम्पन्न

शेर्पा किदुग अमेरिकाद्वारा न्युयोर्क स्थित आफ्नै भवनमा आयोजित विश्व शान्ति तथा मानव समाजको सुख र समृद्धि र पर्यावरणीय स्थिरताको लागि आयोजित चार दिने वज्रगुरु मन्त्र जप आइतबार सम्पन्न भएको छ । वज्रगुरु मन्त्र जप महागुरु पद्मसंभवको पुण्यतिथि टेल्दा छेचु (पाँचौं महिना)को दशमीको पावन अवसरमा आयोजना गरिएको हो । उक्त ऐतिहासिक कार्यक्रममा प्रमुख आतिथ्य ग्रहण गर्न भुटानबाट परमपूज्य गुरु नाम्खी ङिङ्पो रिन्पोछे आउनु भएको थियो । वज्रगुरु मन्त्र गुरु पद्मसंभवको हृदयमन्त्र हो । नेपाल, भारत, तिब्बत, भुटान, मंगोलिया लगायतका हिमाली मुलुकहरुमा फैलिएको वज्रयान परम्पराको संस्थापक गुरु पद्मसंभवको चमत्कारिक आगमनको ’boutमा भगवान…

Read More