गौतम बुद्ध जीवनी

Reading Nepali translation of Dhomang/ Sungdhui.** collection of Dharani** Triyana Dharma Centre has published it. Here you can buy, if you want. ///विशेष गरी महायानी बौद्धहरुले आफ्नो प्रमुख धार्मिक ग्रन्थको रुपमा लिने भगवान बुद्धले विभिन्न स्थानहरुमा तन्त्र र सूत्रको रुपमा देशना गर्नुर्भको बचनको संगालो पवित्र ग्रन्थ स्युङ दुय् वा धोमाङ/// ///२५ सय पृष्ठ र ११७ परिच्छेदको सो अनुवादित ग्रन्थ ९ किलो वजनको छ । // Nepali ma lekhiyeko pabitra Domang Book ko contact number 00977 9818408005 +977 9851047314 +977 9849110000 +977 9840021747 +977 9851063821 +977 9851100714 +977 9810367779 +977 9843062346…

Read More

दुजोम रिन्पोछेद्वारा फुग्मोछे गुम्बामा प्राण प्रतिष्ठा

सोलुखुम्बु जिल्लामा रहेको ऐतिहासिक फुग्मोछे गुम्बामा परमपुज्य दुजोम रिन्पोछेद्वारा प्राण प्रतिष्ठा गरिएको छ । दुर्गम स्थानमा रहेको एउटा ठूलो चट्टानमा आश्चर्यजनकरुपले निर्माण गरिएको यो गुम्बा यस क्षेत्रका बौद्ध धर्मावलम्वीको आस्थाको धरोहर हो ।  

Read More

ञ्युङ्ने भनेको के हो ?

बौद्ध धर्मभित्रका विभिन्न अभ्यासहरुमध्ये ञ्युङ्ने पनि एक हो । पछिल्ला केही वर्षहरुमा ञ्युङ्ने अभ्यासको क्रम बढ्दै गइरहेको छ । यद्यपी ञ्युङ्ने अभ्यासलाई संस्कारको रुपमा नभई यथार्थको अभ्यासको रुपमा आत्मसात गर्दै जानु पर्ने धर्मगुरुहरु बताउँछन् । ञ्युङ्ने भन्नाले खानापिन कम अथवा त्यागेर पाप नष्ट गरी पूण्यको सञ्चयको अभ्यासमा रहने विधि हो । यो अभ्यासमा रहुञ्जेल बोल्ने र खाने पिउने गरिदैन । ध्यानै ध्यानमा रहेर ञ्युङ्ने अभ्यास गरिन्छ । ञ्युङ्ने गुरुकुलमा गरिने अभ्यास भएकाले गुरु अनुसार पूजापाठ मोन्लम भने केही फरक हुन सक्छ । यद्यपी यसको अभ्यास र अर्थ समग्रमा एउटै हुन्छ…

Read More

स्वयम्भू र बौद्ध स्तुपमा देखिने दुई आँखाको अर्थ

लामा सांगे लेग्देन भूपेन महा स्तुप स्वयम्वु तथा बौद्ध आदि स्तुपाहरुमा देखिने दुई 👀 आखाको ’boutमा अनेकौं भनाइ तथा अन्दाज हरु सुन्न पाईन्छ अनि आआफ्नै व्याख्या पनि । तर ती नेत्रको एक अर्थ चाहिँ बौद्ध शिक्षाको महत्त्वपूर्ण अभ्यासको १० पारमिता मध्ये उपया तथा प्रज्ञाको प्रतिक पनि हो ती दुई आँखा । जसको सिदै छोटकरी अर्थ हुन्छ यथार्थ अनेकौं उपायको माध्यमले वास्तविक प्रज्ञा उजागरमा हामी जोकोही पनि बुद्ध हुन सक्छौ भन्ने तथा प्रज्ञा बिना सम्पुर्ण जगत तथ्यमा जानकार हुन नसक्ने हुदा उपाय द्वारा प्रज्ञाको महत्त्व पनि दर्शाउछ् । १) उपया भन्नाले हामी…

Read More

नगरकोटमा श्यानफेन छोई खोर्लिंग गुम्बा शिलान्यास

नेपाल बौद्ध संघको सहयोगमा नगरकोटमा निर्माण हुन लागेको श्यानफेन छोई खोर्लिंग गुम्बाको आइतबार शिलान्यास तथा भूमि पूजा गरिएको छ । काभ्रेको मण्डनदेउपर नगरपालिका वार्ड नं २, बालुवापाटीमा निर्माण हुने गुम्बाको लामा साङ्गे लेग्देन भुपेनले शिलान्यास तथा भूमि पूजा गर्नुभएको थियो । शिलान्यास कार्यक्रममा नगरकोटमा बौद्धमार्गी तथा गुम्बा निर्माण समितिका सरोकारवाला उपस्थित थिए । नेपाल बौद्ध संघले करिब ५ महिनाभित्र गुम्बा निर्माण सम्पन्न गरी स्थानीयलाई हस्तान्तरण गर्ने योजना बनाएको संघका कार्यालय प्रमुख सर्विन्द्र ठाकुरले बताए । नेपाल बौद्ध संघले भूकम्पबाट क्षतिग्रस्त भएका १ सय ८ गुम्बा पुनःनिर्माण गर्ने योजना लिएको छ…

Read More

बुद्ध सम्बन्धि भ्रम

आनन्द पोखरेल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत २७ सेप्टेम्बरमा अमेरिकाको न्युयोर्कमा सम्पन्न संयुक्त राष्ट्र संघको ७४ औं महासभामा सम्बोधन गर्दै भने, ‘हामी त्यो देशको बासिन्दा हौं, जसले संसारलाई युद्ध होइन, बुद्ध दियो ।’ सम्बोधनका क्रममा त्यत्तिकै भावनामा बहकिएर आएका वाणी थिएनन् ती । न झुक्किएर फुत्त निस्किएका वाक्य नै थिए । ती थिए, गौतम बुद्ध भारतमै जन्मेको सन्देश अन्तर्रा्ष्ट्रिय जगतमा प्रवाह गर्ने योजनाबद्ध अभिव्यक्ति । जसमा प्रयोग भयो– महासभाको मञ्च । मोदीबाट भएका यो घटना पहिलो होइन, यस अघि पनि उनले जापान र युरोपको मञ्च यसैगरी प्रयोग गरे । अहिले मोदीले राष्ट्र संघको महासभामा गौतम बुद्ध…

Read More

सोभित भन्तेको ३८ औँ प्रवज्या दिवस मनाइयो

सोभित भन्ते प्रवज्या भएको अर्थात भिक्षु जीवनमा प्रवेश गरेको ३८ वर्ष भइसकेको छ । उनी प्रवजित भएको ३७ औँ वर्षको अवसरमा शुक्रबार काठमाडौँको गण महाविहारमा विशेष कार्यक्रम गरी मनाइयो । कार्यक्रममा सोभित भन्तेले भिक्षु जीवनमा प्रवेश गरेपश्चात बौद्ध धर्म र संस्कृतिको पुर्याएको योगदानका स्मरण गरियो । सोही कार्यक्रममा चर्चित कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कला, संस्कृति र सामाजिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै अभिनन्दन पनि गरिएको थियो । बौद्धधर्मकों प्रवद्र्धनमा योगादन दिदै आएका अष्टमाया महर्जन, धनबहादुर नकर्मी लगायत ६ जनालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा सोभित भन्तेलाई शुभकामना…

Read More

शेर्पा संघको भवन उद्घाटन ठुल्सिक याङ्सीले गने

पुस २ गते नेपाल शेर्पा संघको केन्द्रीय कार्यालय परमपुज्य ३२ औं धर्मगुरु ठुल्सिक याङ्सी ‘क्याब्जे जिग्मे ठिन्ले कुनख्याप रिन्पोछे’ले गर्ने हुनु भएको छ । काठमाडौँ नारायणटारमा स्थापित संघको भवन सञ्चालनमा आइसके पनि औपचारिक उद्घाटन भएको छैन । ५ करोड रुपैयाँ लागतमा निर्माण भएको भवनमा शेर्पा समुदायको सम्पूर्ण सामाजिक संस्थाहरुको कार्यालय रहने नीति समेत संघले अघि बढाएको छ ।

Read More