लुम्बिनीमा ५ सय जनालाई प्रवज्या गराइदैं

अखिल नेपाल भिक्षु महासंघ र थाइ भिक्षु महासंघको संयुक्त आयोजना तथा विभिन्न संघसंस्थाहरूको सहभागितामा बुद्ध जन्मभूमि लुम्बिनीमा प्रवज्या कार्यक्रम आयोजना हुने भएको छ । फागुन २७ गतेदेखि चैत १७ गतेसम्म हुने प्रवज्या कार्यक्रममा ५ सय जना कुलपुत्र सहभागि हुनेछन् ।

उक्त कार्यक्रममा सहभागि भई पुण्य सञ्चय गर्न भिक्षु महासंघले अनुयायीहरुलाई आग्रह गरेको छ । कार्यक्रममा सहभागि हुन फागुन २७ गतेसम्म रजिष्ट्रेसन गर्न सकिनेछ ।

कार्यक्रमका बारेमा थप जानकारीका लागि सम्पर्क स्थान : अखिल नेपाल भिक्षु महासंघ, विश्व शान्ति विहार, मीनभवन, अक्षेश्वर महाविहार, पुल्चोक, ललितपुर
थप जानकारीको लागि : भिक्षु बोधिज्ञान महास्थविर (कोषाध्यक्ष, अ.ने.भि.महासंघ)
मोबाइल नं 9851167525
भिक्षु धम्म वुद्धो 9761693447

Share

Related posts

Leave a Comment