दाङबाट श्रीलंका पुगि बौद्ध शिक्षाको अध्ययन गरिरहेका भिक्षु सोरत धम्म –आश कुमार चौधरी)को निधन भएको छ । भिक्षु सोरतको गत कात्तिक ४ गते शनिवार निधन भएको हो । भिक्षुको पार्थिव शरिर श्रीलंका र नेपालको सहयोगमा नेपाल ल्याउने प्रयास भइरहेको छ ।
भिक्षु सोरतको पार्थिव शरिर नेपाल ल्याउन करिब २० लाख रुपैयाँ लाग्ने भएको छ । सहयोग रकम जुटाउन चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मले अपिल गर्नु भएको छ । उहाँले भिक्षु सोरतको पार्थिव शरिर ल्याउन सहयोग गर्न सम्पुर्ण बौद्ध उपासक, उपासिका सहितका धर्म अनुयायीहरुलाई आग्रह गर्नु भएको छ ।
भिक्षु सोरतको पार्थिव शरिर नेपाल ल्याउ सहयोग गर्न चाहनेहरुले भिक्षु धम्मको अकाउन्टमा सहयोग गर्न सक्नेछन् ।
भिक्षु तपस्सी धम्मको अकाउन्ट डिटेल्स यस्तो छ ।
Share