बौद्ध धर्म र दर्शन अनुसार चार आर्य सत्य अन्तर्गत आठ आर्य अष्टांग मार्ग रहेका छन् । बुद्ध भन्थे चार आर्य सत्यको सत्यतालाई निश्चय गर्नका लागि आठ आर्य अष्टांग् मार्गको अनुशरण गर्न आवश्यक हुन्छ ।
आठ आर्य अष्टांग मार्ग यस्ता छन्ः
सम्यक दृष्टिः जस्तो छ त्यस्तै देख्नु अर्थात चार आर्य सत्यमा विश्वास गर्नु
सम्यक संकल्पः मानशिक र नैतिक विकासको प्रतिज्ञा गर्नु
सम्यक वाणीः अरुलाई विझाउने र झुठो नबोल्नु
सम्यक कर्मः हानीकारक कर्म नगर्नु
सम्यक जीवनः आफु बाँच्नका लागि अरुलाई हानी नपुर्याउनु
सम्यक प्रयासः आफुलाई सुधार्ने कोशिस गर्नु
सम्यक स्मृतिः राम्रो विचार मनमा राख्नु
सम्यक समाधिः निर्वाण प्राप्त गर्नु
Share