काठमाडौँका बौद्धमार्गी कालभैरव पछाडि किन टेक्दैनन् ?

कालभैरवको मूर्तिलाई काठमाडौँ उपत्यकामा न्यायको प्रतिकको रुपमा लिइन्छ । प्राचीनकालदेखि नै यो मूर्तिलाई न्याय निसाफ गर्ने देवताको रुपमा लिइदै आएको छ । काठमाडौँभित्र रहेका विभिन्न धार्मिक सम्पदामध्ये कालभैरवको मूर्ति प्रति बौद्ध धर्मावलम्वीको पनि अगाध आस्था रहेको छ । तर काठमाडौंका गुभाजु, बज्राचार्य, शाक्य लगायत बौद्ध धर्मावलम्बीहरू कालभैरव प्रदक्षिणा गर्दा अरू मन्दिरमा जस्तो ठ्याक्कै पछाडिबाट घुम्दैनन् । बरू पछाडिको डबलीमाथि चढेर प्रदक्षिणा पूरा गर्छन् ।

‘जंगबहादुर राणाको पालामा यही कालभैरवको मूर्तिपछाडि बौद्ध धर्मका थुप्रै ग्रन्थ र थ्यासफूः (पुराना पाण्डुलिपि) जलाएर नष्ट गरिएको कारणले बौद्ध धर्ममा आस्था राख्नेहरूले कालभैरव मूर्ति पछाडिको भुइँ टेक्नु हुँदैन भन्ने विश्वास रहँदै आएको पाइन्छ ।

यस बाहेक काठमाडौं उपत्यकामा मुसलमान राजाको आक्रमण हुँदा बौद्ध चैत्य, गुम्बा र ग्रन्थहरू नष्ट गरिएका थिए । त्यति बेला थुप्रै चैत्यलाई आक्रमणबाट जोगाउन चुनाको ढिस्को बनाएर छोपिएको थियो। यसरी छोपिएका चैत्य उपत्यकामा थुप्रै भेटिन्छन् ।

‘त्यही क्रममा महत्वपूर्ण बौद्ध ग्रन्थ र ऐतिहासिक थ्यासफूःहरू नष्ट हुनबाट जोगाउन कालभैरवको मूर्तिपछाडि गाडिएका थिए भन्ने मान्यता पनि रहदै आएको छ । यही कारणले पनि यस्तै जनश्रुति वा भनाईहरु सुन्दै आनएका बूढापाकाहरू अहिले पनि त्यसमाथि टेक्दैनन् र यहाँ टेक्नुलाई पाप ठान्दै आइरहेका छन् । सेतोपाटीमा प्रकाशित सुदिप श्रेष्ठको लेखबाट

Share

Related posts