तथागतको नेतृत्व गर्ने क्षमता

भिक्षु संघमा कुनै बैधानिक अध्यक्ष आदि थिएन । तथागतको संघ माथी कुनै अधिकार थिएन । भिक्षु संघ एक स्वायत पुर्ण संस्था थियोे । तर पनि संघ र त्यसका सदस्यमा तथागतको के अधिकार थियोे ?

यस बिसयमा हाम्रो साथमा तथागतका समकालीन दुई जनाको बक्तब्य उपलब्ध छ । एक पटक तथागत राजगृहको बेलुबनमा बिहार गर्नुहुन्थ्यो । एकदिन तथागत राजगृहमा भिक्षाटनका लागी जानु भयो तर “अहिले केही समय छ“ यस्तो सोचेर वहाँ परिब्राजकराममा सकुलदायी भएको ठाउँमा जानू भयो ।

त्यस समयमा सकुलदायी धेरै परिब्राजकबाट घेरिएका थिए । उ “छ“ अथाह “छैन“ को तात्वीक चर्चा गरेर धेरै हल्ला मच्चाइ रहेका थिए । केही टाढैबाट जब सकुलदायीले तथागतलाई आउदै गरेको देखे, उसले आफ्नो साथीहरूलाई भन्यो “चुप“ लाग । हल्ला नगर, श्रमण गौतम आउदै हुनुहुन्छ । उहाँलाई हल्ला मन पर्दैन ।“

यस प्रकार उनीहरु चुप भए, तबसम्म तथागत आइपुग्नु भयो । सकुलदायीले भनेः “भगवान ! तपाईं यहाँ आउनु भयो प्रार्थना छ । तपाईंलाई सच्चा हृदयबाट स्वागत छ । चिरकालबाट तपाईंको यता आगमन भएको छैन । तपाईंको लागी आसन सुसज्जित छ । कृपया आसन ग्रहण गर्नुहोस ।”

तथागतले आसन ग्रहण गर्नुभयो र सोध्नुभयो के कुराकानी चली रहेको थियोे ?
सकुलदायीले भनेः ‘यसलाई छोडि दिनुहोस, कुनै महत्त्वपूर्ण कुराकानी थिएन । यो जहिले पनि जान्न सकिन्छ ।’

केही समयपछि जब नाना मतका श्रमण (ब्राम्हण संथागारमा भेला भएर यस बिषयमा चर्चा चल्यो कि मगधको लोकका लागी यो कति राम्रो कुरा छ । धेरै राम्रो कुरा हो कि जति गणाचार्य छ, जति पनि बिख्यात श्रमण छ, जति पनि विभिन्न मतका संस्थापक छन । जतिपनी जन समुदायद्वारा आदार प्राप्त छन……ती सबै राजगृहमा वर्षाबास बस्न आएका छन ।

तिनीहरु मध्येमा पुर्ण काश्यप छन्, मक्खली गोसाल छन्, अजित केशकम्बल छन्, पकुध कच्चायन छन्, सञ्जय वेलट्टिपुत्र छन्, निगण्ठनाथ पुत्र छन्…….सबै विशिष्ट छन् र सबै यहाँ वर्षाबास गर्न आएका छन् । त्यसमा श्रमण गौतम पनि हुनुहुन्छ, जो संघका नायक हुनुहुन्छ, ज्ञात बिख्यात धम्मानुसासक हुनुहुन्छ, धम्म संस्थापक हुनुहुन्छ, अनेक लोकका श्रद्धा भाजन हुनुहुन्छ ।

अब यी ज्ञात बिख्यात विशिष्ट पुरुषमा को छ जो आफ्नो शिष्यद्वारा यथार्थ विधिले आदार प्राप्त हुन्छ, सत्कृत हुन्छ तथा सम्मानित हुन्छ ? र, उ कसरी कति गौरवको भावनाका साथमा आफ्नो गुरुको साथमा बस्छ ?

केहीले भनेः ‘पुर्ण काश्यपलाई कसैले आदार सत्कार गर्दैन, उसलाई आफ्नो शिष्यबाट केही पनि गौरव प्राप्त छैन । तिनीहरु आफ्नो गुरुप्रती थोरै पनि गौरवको भाव राख्दैनन ।’

यस्तै अबसरमा पुर्ण कास्यपले आफ्नो केही सय अनुयायीलाई उपदेश दिई रहेका थिए । तब एक शिष्य बीचैमा बोल्योः’ पुर्ण काश्यपलाई नसोध । उनी यस बिसयमा केही पनि जान्दैनन् । मलाई सोध, म जान्दछु । म तपाईंहरु सबैलाई सम्पुर्ण कुरा बुझाइ दिन्छु ।’

तब पुर्ण काश्यपले आँखाभरी आँसु बनाएर, हात फैलाएर भनेः“हल्ला नगर, शान्त बस ।”
पुस्तकः भगवान बुद्ध र वहाँको धम्मबाट
अनुबाद सुर्य घिसिङ

Share

Related posts