गौतम बुद्धको वशीकरण (मोहिनी)मन्त्रलाई बुझौँ

एकपल्ट बुद्ध बैशालीमा हुँदा भद्दीय बुद्धकहाँ आइ भने “बुद्धले सामान्य मानिसलाई मात्रै नभई अन्य धर्म तथा संस्कारमा रहेकालाई पनि आफ्नो अनुयायी बनाउन सक्नुमा पक्कै उहाँको मायाजाल(वशीकरण, मोहिनी मन्त्र)को हात हुनु पर्छ!“ बुद्धले भने “भद्दीय कसैले नौलो कुरा भन्दैमा पत्यार नगर्नु, ग्रन्थमा छ भन्दैमा, तार्किक छ भन्दैमा, राम्रो छ भन्दैमा, मतानुकुल छ भन्दैमा स्वीकार नगर्नु, भन्ने मान्छे राम्रो छ वा गुरुले भनेको भन्दैमा विश्वास नगर्नु । पहिला आफैले विचार गर कि त्यो कुरा हित हुन्छ कि हुन्न, दुख कम हुन्छ कि हुन्न । तिमी नै भन कि लोभ, द्वेष र मुर्खताले दुःख बढ्छ कि घट्छ ?’ भद्दीयले भने ‘बढ्छ’ । फेरि बुद्धले भने ‘तीनै कुराले र तीनै वशीकरण मन्त्रले अनुयायी बढाएका हुन् ।’

भद्दीय अत्यन्तै प्रभावित भए र तुरुन्तै आफुलाई बुद्धको अनुयायी घोषणा गरे । तब बुद्धले फेरि भने ‘भद्दीय, मैले तिमीलाई नै मेरो शिष्य बन त भनेको छैन ।’ भद्दीयले तत्कालै टिप्पणी गरे ‘मैले बुद्धको वशिकरण (मोहिनी) मन्त्र बुझे र यो मन्त्र सबैले बुझुन् ।

Share

Related posts