प्रज्ञा पारमिताको अनुवाद कहाँ पुग्यो ?

गौतम बुद्धले सुभुति नाम गरेका शिष्यसँग गरेको कुराकानीमा आधारित प्रज्ञा पारमिता सुत्र बुद्धको महापरिनिर्वाणको ३ सय वर्ष पछि आर्य नागार्जुनले संस्कृतमा लिपिवद्ध गरेका थिए । संस्कृतमा लिपिबद्ध भएको प्रज्ञा पारमिता सुत्र आठौँ शताव्दीमा सम्भोटा लिपिमा अनुवाद भएर तिब्बत पुग्यो । महायानी बौद्धमार्गीका लागि महत्वपुर्ण ग्रन्ध मानिने प्रज्ञा पारमिता सुत्र पहिलोपटक नेपाली भाषामा अनुवाद गर्ने काम भइरहेको छ ।

संस्कृत र भोट भाषामा रहेको प्रज्ञा पारमिता सुत्र करिब १ वर्षदेखि नेपाली भाषामा अनुवाद गर्ने काम भइरहेको छ । हरेक दिन विहान ९ नबज्दै बौद्ध दर्शन र धर्मसँग सम्बन्धित विद्वान, भिक्षु, आचार्य, खेन्पो, संस्कृत, नेपाली र भोट भाषाका लगायतका करिब २५ जना काठमाडाँैको बौद्धमा रहेको बुद्धवचन अनुवाद समितिको कार्यालयमा उपस्थित हुन्छन् र आ–आफ्नो जिम्मेवारी अनुसार अनुवाद, सम्पादन र टाइपिङको काम सुरु गर्छन् । प्रज्ञा पारमिताको अनुवाद सम्पन्न भए पछि नेपाली भाषामा अनुवाद भएको यो ग्रन्थका कारण बौद्ध दर्शन र धर्मको व्यापकता अझै बढेर जाने अनुवादक भोजराज लामिछानेले बताए ।

गौतम बुद्धले दिएका जीवनपरक उपदेशलाई अष्टसाहश्रिका पारमिता, मध्यम पारमिता र सतसाहश्रिका पारमितामा संग्रहित गरिएको छ । यी तीन मध्ये २५ हजार पंक्तिको अष्टसाहश्रिका प्रज्ञा पारमिताको अनुवादको काम सम्पन्न भई अहिले सम्पादनको क्रममा रहेको छ । ठूलो लगानी र लामो समय लगाएर गरिएको अनुवादमा कुनै पनि त्रुटि नहोस् भनेर अहिले सम्पादनको काम भइरहेको बुद्ध वचन अनुवाद समितिका अध्यक्ष टीका शेर्पाले जानकारी दिए ।

चार वर्षे योजना अन्र्तगत प्रज्ञा पारमिता अनुवाद गर्न थालिएको हो । संस्कृत र भोट भाषामा रहेका अहिलेसम्म पा्रप्त १ लाख ३३ हजार पक्ति रहेको पारमिता संंकलन गरी सहि रुपमा अनुवाद गर्न निकै कठिन भएको अनुवादमा संलग्न बताउँछन् । संस्कृत र भोट भाषाका विज्ञको कमीका कारण पनि प्रज्ञा पारमितालाई अनुवाद गर्न केही कठिनाई भइरहेको गुनासो लोचवा पुण्य प्रसाद पराजुलीले व्यक्त गरे ।

प्रज्ञापारमितासुत्रलाई बौद्ध धर्मावलम्वीले गौतम बुद्धको सबैभन्दा उत्कृष्ट, गम्भिर र सत्यज्ञानयुक्त उपदेशको संगह्र मान्छन् । यसमा बौद्धधर्मका सबैजसो प्रमुख सिद्धान्त, अवधारणा र शिक्षा प्रज्ञापारमितामा संग्रहित गरिएको अनुवादकमध्येका एक खेन्पो निमासिंगेले बताए । तेस्रो शताव्दीसम्म संस्कृत र आठौँ सताव्दीदखि भोट भाषामा रहेको प्रज्ञा पारमिता काठमाडौमा रञ्जना लिपिमा स्वर्ण अक्षरले लिपिवद्ध गरिएको छ ।

Share

Related posts